Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मकवानपुर लिग क्वालिफायर : खेलाडीद्वारा रेफ्रीमाथि हातपात


हेटौंडा । मकवानपुरको हेटौंडामा जारी मकवानपुर जिल्ला लिग क्वालिफाइ फुटबल प्रतियोगितामा श्री रिभाइभर युवा क्लबका खेलाडीहरुले रेफ्रीलाई कुटपिट गरेका छन् ।

ADVERTISEMENT

खेलको अन्तिम मिनेटमा श्री रिभाइभरका खेलाडीहरुले मुख्य रेफ्री बिशाल घलान र असिस्टेन्ट रेफ्री देवकुमार कार्कीलाई हातपात तथा कुटपिट गरेका हुन् । श्री रिभाइभर युवा क्लबका कप्तान तथा गोलकिपर आनिल लो, सुनिल खड्की र टिम मेनेजर कृष्ण बहादुर ठकुरीले रेफ्री घलान र कार्कीलाई खेल सकिएपछि हातपात तथा कुटपिट गरेका हुन् ।

ADVERTISEMENT

कुटपिट गर्ने टिम मेनेजर र खेलाडीहरुलाई कारबाही गरिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिएका छन् ।

मकवानपुर जिल्ला फुटबल संघले उक्त घटनापछि श्री रिभाइभर युवा क्लबलाई ३ वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

ADVERTISEMENT

सोमवार भएको खेलमा क्लबका खेलाडी, अफिसियल र प्रशिक्षकले म्याच रेफ्रीमाथि हातपात गरेको भन्दै संघले सो क्लबलाई ३ वर्षसम्मका लागि प्रतिबन्ध लगाएको हो।

यस्तै, क्लबका कप्तान अनिल लोलाई २ वर्ष, खेलाडी सुनिल बुढाथोकी र प्रशिक्षक कृष्णबहादुर ठकुरीलाई पनि ३र३ वर्षसम्म प्रतिबन्धित गरिएको छ। उनीहरु एन्फा मार्फत हुने सबै प्रकारका प्रतियोगितामा सहभागी हुन पाउने छैनन्।

संघका अध्यक्ष टिकाराम लामाका अनुसार भदौ २६ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी उक्त प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताबाट दुई वटा टिमले जिल्ला लिकमा स्थान बनाउने मकवानपुर जिल्ला फुटबल संघका सचिव सुनिल लोचनले बताएका छन्।


प्रकाशित मिति : मङ्लबार, २०८० मंसिर २६, १४ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट