Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडाबाट पेस्तोल र १९ राउन्ड गोलिसहित ३ जना पक्राउ


हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोली सहित तीन जनालाई पक्राउ गरेको छ ।

ADVERTISEMENT

शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नं.४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक  पेस्तोल  १ थान र गोली १९ राउण्ड सहित ३ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

ADVERTISEMENT

गोली प्रहार घटनाको सिलसिलामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिक-९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।

यही मंसिर १८ गते हेटौंडा–९ धर्मपथस्थित सुर्य प्रसाद पौडेलको घरमा पटका पड्केको जस्तो आवाज आएपछि १९ गते बिहान उनको घरको वरीपरी गोलीको खोका जस्तो बस्तु फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

ADVERTISEMENT

प्रहरीका अनुसार अनुसन्धानको क्रममा प्रहरीले उक्त घरको पिलर, बिम, रेलिङवालमा गोली लागेको जस्तो दाग फेला पारेको थियो । प्रहरीले नजिकै रहेको प्रगति स्कुल अगाडीको सडकमा १ राउण्ड गोली समेत फेला पारेको थियो ।

पक्राउ परेकाहरुबाट एक थान सेमिअटोमेटिक पेस्तोल, १९ राउण्ड गोली, एक ग्राम ४०० मिलिग्राम लागुऔषध तथा अन्य सामग्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।


प्रकाशित मिति : शनिबार, २०८० मंसिर २३, १५ :२८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट