Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

संघीय सरकारले कानुन नबनाउदा प्रदेश निरीह बन्यो : कानुन मन्त्री श्रेष्ठ


बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बुधबार प्रदेश सरकारलाई संघीय सरकारले धानबारीमा चरा धपाउनका लागि राख्ने बुख्याचा जस्तै बनाएको आरोप लगाएका छन्।

ADVERTISEMENT

मन्थलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भने, ‘संघीय सरकारले प्रदेश सरकारलाई हात खुट्टा बाँधेर दौड्न लगाए जस्तो व्यवहार गरिरहेको छ। संविधान कार्यान्वयनका लागि आवश्यक कानुन नबनाउँदा प्रदेश सरकार निरीह बन्नुपरेको छ।’

ADVERTISEMENT

उनले ४ वर्षअघि संघीय संसदबाट पारित प्रहरी ऐन कार्यान्वयनमा नआउँदा दुःख व्यक्त गरे। साथै, केन्द्रमा रहेका कर्मचारी बेकाम भएको तर प्रदेशले काम गर्ने कर्मचारी नपाएको पनि उल्लेख गरे।

उनले संघीय सरकारले समयमै कानुन नबनाउँदा संविधान कार्यान्वयन ठप्प भएको बताए। साथै प्रदेश खारेजीको षड्यन्त्र हुँदै गएको पनि उल्लेख गरे।

ADVERTISEMENT

मन्त्री श्रेष्ठले आवश्यक परे माइतीघरमा धर्ना दिने पनि बताए। प्रदेश सरकारले भने एकल अधिकारका क्षेत्रमा काम गरिरहेको र ६ वर्षमा ठूला पूर्वाधार निर्माण गरेको उल्लेख गरे।


प्रकाशित मिति : शुक्रबार, २०८० मंसिर २२, १३ :३२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट