Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडामा बसले ठक्कर दिदा ३२ वर्षीया निशाको मृत्यु,एक घाइते


हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १५ स्थित रातोमाटेमा शुक्रवार बिहान सडक दुर्घटना भएको छ।

ADVERTISEMENT

बाराबाट चितवनतर्फ आउँदै गरेको ना ४ ख ९५२० नंको बसले सोही दिशातर्फ गइरहेको ना ५३ प ८५२७ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

ADVERTISEMENT

दुर्घटनामा मोटरसाइकलमा सवार बारा जितपुर उपमहानगर-१२ की ३२ वर्षीया निशा कुमारीको मृत्यु भएको छ । मोटरसाइकल चालक निशाको श्रीमान ४३ वर्षीय रोशन कुमार राय सामान्य घाइते भएका छन्। निशाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनापछि बस र चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० मंसिर २२, १३ :१३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट