Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

बकैयामा अटो पल्टिदा ५ जना घाइते


हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-४, पाङदुरेस्थित धरान(चतरा सडक खण्डमा एक सवारी दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

ADVERTISEMENT

बुधवार दिउँसो करिब २ बजेको समयमा बागमती प्रदेश ०३-००१ ह ३३९ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

ADVERTISEMENT

धरान-चतरा सडक खण्डमा हात्तिसुडे तर्फबाट जुरेली तर्फ आइरहेको अटो पल्टिदा बकैया गाउँपालिका वडा नम्बर ३ जितदमार बस्ने बर्ष ३४ को देब लाल जिम्बा उनको श्रीमती बर्ष ३१ की ठुलिमाया जिम्बा रहेका छन् । त्यस्तै उनको १२ बर्षका छोरा सृजल जिम्मा,सोही स्थान बस्ने बर्ष २६ की सुनि माया भ्लोन,बर्ष १२ को युदिर बोगटी रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। दुर्घटनाबाट अटोमा क्षति पुगेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० मंसिर २०, १५ :११ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट