Techie IT
Hetauda Khabar

चित्लाङमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सुरु


हेटौंडा । मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । बाबु एडभेन्चर्स प्रालिले थाहा नगरपालिकाको चित्लाङमा प्याराग्लाइडिङ सेवा सुरु गरेको हो ।

थाहा नगरपाललिका–९ को चन्द्रगिरि डाँडाबाट उडान भरेर वडा नं. ९ कै चित्लाङमा अवतरण गर्ने व्यवस्था गरिएको छ ।

बाबु एडभेन्चर्सका संस्थापक सानुबाबु सुनुवारले लामो समयको अध्ययन र अनुसन्धानसँगै सरकारबाट स्वीकृति पाएपछि उपत्यका नजिकै प्याराग्लाइडिङ उडान भर्ने कार्य भइरहेको जानकारी दिए। उनले प्याराग्लाइडिङ उडानका क्रममा काठमाडौँ उपत्यका, हिमशृङ्खला, चित्लाङ, मार्खुलगायतका पर्यटकीय स्थलको दृश्यावलोकन गर्न सकिने बताए ।

कम्पनीले रामेछाप, पोखरा, सुर्खेत, दाङलगायतका स्थानमा विदेशी र नेपालीलाई लक्षित गरी प्याराग्लाइडिङ सञ्चालन गर्दै आएको छ । चन्द्रगिरि डाँडाबाट उडान सुरु गरेपछि १५ देखि ३० मिनेटसम्म उडान गर्न सकिने बताउँदै उहाँले हाल छ वटा प्याराग्लाइडिङ उडान गर्न सक्ने सामग्री रहेको बताए ।

यहाँ प्याराग्लाइडिङ उडान भएसँगै चित्लाङ क्षेत्रको पर्यटन विकासमा थप सहयोग पुग्ने छ । थप सामग्रीको व्यवस्थापन गर्दा चित्लाङमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्दा लागत एक करोड रुपियाँ पुग्ने कम्पनीको भनाइ छ । यहाँ नेपालीले प्याराग्लाइडिङ उडान गरेबापत प्रतिव्यक्ति कम्पनीले आठ हजार रुपियाँ लिँदै आएको छ । गोरखापत्रबाट साभार


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट