Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

काठमाडौंबाट मकवानपुर आइरहेको बसले किच्दा एक बृद्धको मृत्यु


हेटौंडा । आफै चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–५ कुवामा एक जनाको वृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ७० बर्षीया कान्छी माया घलान रहेकी छन् ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय मकवापनुरका अनुसार चखेल मातातिर्थ सडकखण्डमा अन्तर्गत काठमाडौंबाट चखेलतर्फ आउदै गरेको बा २ ख ७२७२ नम्बरको बसमा कान्छीमाया यात्रा गरि आएकी थिइन् । इन्द्रसरोबरका कुवामा बसबाट ओर्लने क्रममा चालकले बस अगाडी बढाउँदा उनी लड्न पुगेकी थिइन् । सोही क्रममा बसको टायरले किचेर उनलाई गम्भीर घाइते बनाएको थियो ।

ADVERTISEMENT

उनको उद्धार गरी ट्रमा सेन्टर काठमाडौं पठाईएको अवस्था गम्भीर भएपछि थप उपचारका लागि बि एण्ड बि अस्पताल काठमाडौं पठाईएको थियो । उनको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस चालक सोही बस्ने वर्ष २६ को राजकुमार दोङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० मंसिर १७, १० :५३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट