Techie IT
  • १५ वैशाख २०८३, मंगलबार
Hetauda Khabar
  • १५ वैशाख २०८३, मंगलबार

मकवानपुर प्रहरीको फन्दामा भारतीय नागरिक


हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषधसहित एक भारतीय नागरिकलाई प्रकाउ गरेको छ ।

ADVERTISEMENT

बुधवार विहान ९ वजेको समयमा हेटौडा-१५ रातोमाटे स्थित सडकमा बिरगंजबाट हेटौडातर्फ आंउदै गरेको बा.प्र.००१ज ४९ नं.को यात्रुबाहक माईक्रो बसमा सवार भारत बिहार पुर्बी चम्पारण थाना मोतिहारी बस्ने बर्ष २१ को अमित कुमारलाई लागुऔषध सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

उनको साथबाट डाईजेपाम १५० एम्पुल, फेनार्गन १५० एम्पुल, नुर्फिन १५० एम्पुल गरी जम्मा ४५० एम्पुल लागुऔषध फेला परेको प्रहरीले जानकारी दिएको हो ।

प्रहरीका अनुसार कुमारलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० मंसिर १५, १६ :४९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट