Techie IT
Hetauda Khabar

मकवानपुरमा बढ्दो घरेलु हिंसाको दर


बागमती प्रदेशका १० जिल्लामा तीन वर्षको अवधिमा सबै भन्दा बढी मकवानपुर जिल्लामा घरेलु हिंसा भएको पाइएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रतिवेदन सार्वजनिक गर्दै मकवानपुर जिल्लामा सबै भन्दा बढी मकवानपुर जिल्लामा घरेलु हिंसा भएको जानकारी गराएको हो ।

बितेको आर्थिक वर्षको तुलनामा पनि मकवानपुरमा आर्थिक वर्ष २०७९/०८० मा ३४ प्रतिशतले घरेलु हिंसाका घटना बढेका छन् । बितेको आर्थिक वर्षमा यस जिल्लामा ६०३ जना महिलामाथी घरेलु हिंसा भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी बरिष्ठ उपरिक्षक दिपक रेग्मीले जानकारी दिए । मकवानपुर जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ४४६ जना, आर्थिक वर्ष २०७८/०७९ मा ५६८ महिला तथा बालबालिका हिंसाको सिकार भएका छन् ।

चालु आर्थिक वर्षमा पनि मकवानपुरमा १५७ जना महिला माथी हिंसा भएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । घरेलु हिसां सबै भन्दा कम यस प्रदेशमा रसुवामा भएको प्रहरीले जनाएको छ । बागमती प्रदेशका बिभीन्न जिल्लामा तीन वर्षको अवधिमा घरेलु हिंसा घट्दा मकवानपुरमा बढेको प्रहरीको तथ्याङक छ ।


क्याटेगोरी : मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट