Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडामा ट्रकले ठक्कर दिदा महिलाको मृत्यु, स्थानीयले गरे राजमार्ग अवरुद्ध


हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, चौघडास्थित शान्ति टोलमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

ADVERTISEMENT

कान्ति लोकपथअन्तर्गत चुच्चेखोलाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.७ ख १८१६ ट्रकले ठक्कर दिँदा स्थानीय ३६ वर्षीय निरा बजगाईंको घटनास्थलमै ज्यान गएको हो ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनाको विरोधमा अहिले स्थानीयले कान्ति लोकपथ सडक अवरुद्ध गरेका छन् । स्थानीयले घटनाको छानविनको माग राख्दै मृतक महिलाको शब उठाउन दिएका छैनन् ।

घटनास्थलमा करिब एक सयजना प्रहरी परिचालन गरिएको छ । ट्रक तथा चालक प्रहरीको नियन्त्रणमा रहेको छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० मंसिर ३, १६ :५१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट