Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

बागमती प्रदेशमा चाडपर्वमा १५६ दुर्घटना हुदा २३ जनाको मृत्यु,१०८ जुवाडे प्रकाउ


हेटौंडा । बागमती प्रदेशमा दशैदेखि तिहार र छठसम्म चार्डपर्बको समयमा १५६ वटा दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परि २३ जनाको मृत्यु भएको छ ।

ADVERTISEMENT

यो अवधिमा दुर्घटनामा परी ३५१ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।

ADVERTISEMENT

यसैगरी नियम विपरित सवारी चलाउने ५९ हजार ७३२ वटा सवारीका साधनलाई कार्बाही पनि गरिएको छ । १० जिल्लाको सवारी कार्बाहीबाट ४ करोड ८८ लाख ५९ हजार ५०० सय रुपैयाँ जरिवाना रकम संकलन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले बढि भाडा लिने ५८ वटा सवारी साधनका ४४० जना यात्रुहरूलाई बढि भाडा लिएकोमा यात्रुहरूलाई १ लाख १३ हजार ६७० रुपैयाँ रकम फिर्ता गरेको छ र

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय मकवानपुर, चितवन र सिन्धुलीमा भएको चेक पोईन्टहरूबाट खटिएको प्रहरी जनशक्तीले विभिन्न मितिमा ४५२ प्याकेट, ४४ पोका र ५ बोरा पटका, आतिसबाजी जस्ता पदार्थ बरामद समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, सिन्धुलीबाट जुवा कसूरमा १०८ जनालाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट १६ लाख ८९ हजार ५२९ रुपैयाँ बरामद गरि कानून बमोजिम अनुसन्धान कारवाही भैरहेको जनाएको छ ।


प्रकाशित मिति : शनिबार, २०८० मंसिर २, १४ :२४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट