Techie IT
  • १७ माघ २०८२, शनिबार
Hetauda Khabar
  • १७ माघ २०८२, शनिबार

हेटौंडामा छठ पर्वको तयारी तिब्र (हेर्नुहोस तस्विरहरु)


हेटौंडा । हेटौंडामा छठ पर्वको तयारी तिब्र पारिएको छ । हेटौंडाको राप्ती खोलामा छठ पर्वको तयारी तिब्र पारिएको छठ पूजा समारोह समिति,हेटौंडाका संयोजक नन्दलाल दासले जानकारी दिए ।

ADVERTISEMENT

उनले छठ घाट निर्माण कार्यलाई तीव्रता दिईएको र करिब ७० प्रतिशत कार्य सम्पन्न भईसकेको बताए । उनका अनुसार छट घाट करिब ७ सय फिट लम्बाईको बनिरहेको छ । उनले यस वर्षको छठमा ब्रतालु र श्रद्धालु गरेर ५० हजारदेखि ६० हजारसम्मले अवलोकन गर्ने अनुमान रहेको बताए ।

ADVERTISEMENT

दशै अनि तिहारको रौनकलाई बिट मारेपछि नेपालीहरूको दैलोमा छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ। मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको माहोल छ। सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन्। तर केहि बर्षदेखि छठ पर्व मिथिला क्षेत्रमा मात्र सिमित छैन ।

ADVERTISEMENT

केही वर्ष अघिसम्म पनि छठ तराईमा त्यो पनि मधेसी समुदाय र हिन्दु धर्मावलम्बीमा सीमित थियो। तर, पछिल्लो समय विभिन्न धर्म, समुदाय, जातजातिका मानिसहरुले सँगै बसेर मनाउन थालेपछि नदीनाला तालतलैयामा छठका बेला थामिनसक्नु भीड हुन्छ। सोही छठको तयारीका लागि हेटौंडाको राप्ती तट सिगारिन थालिएको छ । हेटौंडाको राप्ती खोलामा तराई र पहाडिया समुदाय एक आपसमा मिलेर भव्य रुपमा छठपर्व मनाउने गर्दछन् ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् ।

त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उँदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ । छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायतका सामग्रीहरु चढाइन्छ ।


प्रकाशित मिति : शुक्रबार, २०८० मंसिर १, १५ :५८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट