Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडामा चाडपर्व लक्षित बजार अनुगमन : ३ वटा पसललाई १ लाख १० हजार जरिवाना


हेटौंढा । हेटौंडामा चाडपर्व लक्षितबजार अनुगमन सुरु भएको छ । सोही क्रममा सोमवार भएको संयुक्त बजार अनुगमन टोलीले तीनवटा पसल सञ्चालक कारबाही गरेको छ । संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमनको क्रममा उपभोक्ता हित तथा कानुन विपरीत काम गर्ने पसल सञ्चालकलाई कारबाही गरेको हो ।

ADVERTISEMENT

तीन वटा पसललाई कारवाही गरेर १ लाख १० हजार रुपैयाँ जरिवाना समेत असुल गरिएको र करिब १ लाख २२ हजार मुल्य बराबरको म्याद गुज्रिएका सामान नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

बजारमा चिनीको अभाव भएको गुनासो बढेपछि अनुगमन टोलीले हेटौंडा बजार क्षेत्रका ३ वटा पसल मात्रै ५२२ बोरा चिनी मौज्दात देखिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिए । उक्त मौज्दात चिनी बजारमा नियमित रूपमा विक्री वितरण गर्न निर्देशन समेत दिइएको उनले बताए ।

ADVERTISEMENT

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चापागाईको नेतृत्वमा हेटौंडा बजार क्षेत्रमा रहेका विभिन्न ९ वटा पसल तथा व्यवसायको अनुगमन गरेको थियो । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मकवानपुर, हेटौडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हेटौडा, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति : मङ्लबार, २०८० कार्तिक २१, १४ :३९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट