Techie IT
Hetauda Khabar

हेटौंडामा ढकमक्क फुलेको सयपत्री फूल (फोटोफिचर)


तिहार लागेसंगै मकवानपुरको हेटौंडामा सयपत्री फूल ढकमक्क फुलेका छन् । फूलैफूलको चाडको रुपमा चिनिने तिहारको लागि अहिले किसानहरुले ठकमक्क सयपत्री फूल फुलाएका छन् । मकवानपुरमा पछिल्लो समय व्यवसायीक फूल खेती फष्टाएको छ ।

मकवानपुरमा तिहारको लागि मात्र २५ देखि ३० विहाग जग्गामा सयपत्रीको व्यवसायीक खेती भइरहेको पुष्प व्यवसायीहरु बताउछन् । मकवानपुरमा तिहारमा प्रयोग हुने सयपत्री लगायत फुलको उत्पादन बढेसँग भारतबाट भित्रिने फुलको परिणाममा कमि आउन थालेको छ । पछिल्लो समय फूलको ब्यवसायिक खेती हुन थालेपछि तिहार तथा अन्य पर्वमा पनि स्थानिय फुलको प्रयोग बढन थालेको हो ।

बजारको समस्या नभएपछी सयपत्री फूलको खेतीप्रति किसानहरुको आकर्षण बढ्दै गएको छ । हेटौंडाका कति जमिनमा सयपत्री फूलको खेती हुने एकिन तथाङ्क नभएपनि १५ देखि २० विगाह जग्गामा खेती गरिएको हुनसक्ने पुष्प व्यवसायीहरुको अनुमान छ ।

अङ्ग्रेजीमा ‘मैरी गोल्ड’ भनिने सयपत्रिलाई नेपालमा कतै कतै ‘हजारी फूल’ भनेको पनि सुनिन्छ। यो फूल धेरै प्रजातीको हुन्छ। सयपत्री फूलको प्रयोग सृष्टी काल शताब्दीदेखि भएको मानिन्छ। मेक्सिको तथा मध्य अमेरिकाको यो जंगली फूल नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुन्छ। सयपत्री फुलको प्रजाती केतकी फुल ब्रम्हा विष्णु र शिवको सृष्टी कथामा समेत भेट्न सकिन्छ ।

पारिलो घाम लाग्ने ठाउँमा राम्रोसँग फुल्ने सयपत्री फूल रोपेको ८० देखि ९० दिनमा फुल्ने गर्छ । सौन्दर्य र सुगन्धित सयपत्री फूलका अनेकन विशेषता छन् । तिहारमा पूजाआजा गर्न, घर सजावट गर्न र भाइटिकामा दाजुभाइका लागि माला बनाउन सयपत्री फूलको प्रयोग हुने गर्दछ ।

हेटौंडाको ६,१३,१४ मा तिहारका लागि फुलेका ढकमक्क सयपत्रीको तस्विरहरु


क्याटेगोरी : फोटो फिचर, मुख्य खबर, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट