पाकिस्तानविरुद्ध नेपालले लियो दोस्रो विकेट
![](https://ap-south-1.linodeobjects.com/hetauda/2023/08/pakistan_.webp)
एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानको दोस्रो विकेट लिएको छ । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।
पाकिस्तान २७ रनमा दोस्रो विकेट गुमाएको छ । अहिले क्रिजमा बाबर आजम र मोहम्मद रिजावान छन् ।
क्याटेगोरी : खेलकुद, मुख्य खबर
प्रतिक्रिया