Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

बागमती गोल्डकप : नव जनजागृती हराउँदै एनआरटी सेमिफाइनल प्रवेश


हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत न्युरोड टिम ९एनआरटी० सेमिफाइनलमा प्रवेश गरेको छ ।

ADVERTISEMENT

बिहिबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा सिमराको नव जनजागृती युवा क्लबलाई १–० गोलले हराउँदै एनआरटी सेमिफाइनलमा प्रवेश गरेको हो ।

ADVERTISEMENT

एनआरटीको जीतमा मोहित गुरुङ्गले निर्णायक गोल गरे । उनले खेलको पहिलो हाफको ३१ औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच गुरुङ्ग घोषित भए ।

उनले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा पहिलो पटक सहभागि जनाएको एनआरटी पहिलो प्रयासमै सेमिफाइनलमा प्रवेश गरेको हो ।

ADVERTISEMENT

सेमिफाइनल प्रवेश गरेको एनआरटीले अब फाइनल प्रवेशका लागि ए डिभिजन क्बल जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा शुक्रबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा हुनेछ । विजयी टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रकाशित मिति : शुक्रबार, २०८० फाल्गुन ४, ११ :०१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट