Techie IT
Hetauda Khabar

हेटौंडामा विद्युत् सब-स्टेशनबाट तामाको तार चोर्दाचोर्दै दुईजना प्रहरीको फन्दामा


हेटौंडा, २ फागुन । प्रहरीले नेपाल विद्युत् प्राधिकरणको सब-स्टेशनबाट तामाको तार चोर्दाचोर्दै दुईजना प्रकाउ परेका छन् ।

मंगलबार हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित विद्युत् प्राधिकरणको सब-स्टेशनबाट करिब ७ किलो तामाको तार चोरिरहेको अवस्थामा दुईजनालाई पक्राउ गरेको हो।

बागमती प्रदेश प्रहरी गण हेटौँडाबाट खटिएको प्रहरी हवल्दार रामकुमार ढकालको गस्ती टोलीले निर्माणाधीन विद्युत् सब-स्टेशनबाट चोरी गरिरहेको अवस्थामा पर्साको छिपहरमाई गाउँपालकिा-१ बस्ने २३ वर्षीय दिलीप साह कानु र छिपहरमाईकै २० वर्षीय भरतकुमार साहलाई पक्राउ गरेको हो।

उनीहरूलाई चोरी गर्दै गरेको करिब ७ किलो तामाको तारसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको छ। चोरीमा संलग्न दुवैजना त्यही सब-स्टेशनका कामदार रहेको खुलेको छ।


क्याटेगोरी : स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट