Techie IT
Hetauda Khabar

बागमती गोल्डकप : आज आयोजक बागमती र हिमालयन शेर्पा भिड्दै


हेटौंडा,२ फागुन । पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार एक खेल हुँदैछ ।

बागमती-८ स्थित जनता माविको खेल मैदानमा हुने खेलमा आयोजक बागमती खेलकुद विकास समिती र ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

दुई टिमबिचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आजको विजयी टोलिले क्वाटरफाइनलमा स्थान बनाउनेछ । हिमालयन शेर्पा तेस्रो संस्करणको उपविजेतासमेत हो ।

विजयी टिमले क्वाटरफाइनलमा फाल्गुन ६ गते विभागीय क्लब त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

नकआउट चरणमा सुरु भएको प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । यस संस्करणको विजेताले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीले २५-२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


क्याटेगोरी : खेलकुद, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट