Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

मकवानपुरको राक्सिराङ गाउँपालिकाले दियो ३ दिन सार्बजनिक बिदा


हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले माघ शुक्ल प्रतिपदाको दिन मनाइने सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने भएको छ ।

ADVERTISEMENT

तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने ल्होछारको अवसरमा यही माघ २६, २७ र २८ गते तीन दिन सार्वजनिक विदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

ADVERTISEMENT

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले एक शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायले नयाँ वर्षको रुपमा हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सांस्कृतिक पर्व मनुश्री सम्वत २८६० डुकरमु ल्हो सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण तामाङ समुदायका दाजुभाई तथा दिदिबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

‘यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, जातीय विविधायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा सहित बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा सम्बृद्ध राक्सिराङ बनाउन सबैमा प्रेरणा प्रदान गरोस भन्ने कामना गर्दछौं ।’ मल्लले भनेका छन्, ‘यसै अवसरमा तामाङ समुदायहरुको बाहुल्यता रहेको यस गाउँपालिकामा मिति २०८० माघ २६, २७ र २८ गते ९३ दिन० सार्वजानिक विदा दिने निर्णय भएकोले उक्त अवधिमा गाउँपालिका भित्रका सम्पूर्ण सार्वजानिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एबम् बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने व्यहोरा जानकारी गराईन्छ ।’

ADVERTISEMENT


प्रकाशित मिति : बिहिबार, २०८० माघ २५, २१ :१७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट