Techie IT
Hetauda Khabar

मकवानपुरको बागमतीमा पहिलो ल्होछार कप ए साईट फुटबल सुरु


हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका ३ तीनतलेस्थित गढनमा पहिलो ल्होछार कप  ए साईट खल्ला फुटबल प्रतियोगिता २०८० सुरू भएको छ ।

स्थानीय नाङ्साल युवा क्लवको आयोजनामा शनिबारबाट सुरू भएको प्रतियोगिताको बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरिन् ।

बागमती गाउँपालिका ३ नम्बर वडा कार्यालय मुख्य प्रायोजक रहेको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेल बकैया शिक्षक टिम र नाङ्साल युवा क्लवबीच भएको थियो । खेल बराबरिमा सकिएपछि ट्राइब्रेकरमा ५–४ गोल अन्तरले बकैया शिक्षक टिम विजयी भएको थियो ।

कार्यक्रममा उद्घाटन कार्यक्रममा बागमती ३ नम्बर वडा अध्यक्ष कमानसिं पाख्रिन, बागमती खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य ज्ञान सागर लामा, नेकपा एमाले बागमती गाउँपालिका ईन्चार्ज छिरिङ दोर्जे लामा लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।

माघ २० देखि माघ २७ गतेसम्म सञ्चालन हुनेछ प्रतियोगितामा करिब तीन लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक क्लवका अध्यक्ष देव लामाले बताए ।


क्याटेगोरी : खेलकुद, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट