Techie IT
  • २३ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २३ फागुन २०८२, शनिबार
प्रतिनिधिसभा निर्वाचन २०८२ - प्रिमियम लाइभ अपडेट
LIVE
मकवानपुर अपडेट
hetaudakhabar.com
प्रतिनिधिसभा निर्वाचन २०८२
--:--:--
मकवानपुर क्षेत्र नम्बर १
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
मकवानपुर क्षेत्र नम्बर २
खसेको मत
गणना हुँदै
लोड हुँदै...
hetaudakhabar.com ताजा र आधिकारिक अपडेटको लागि
ब्रेकिङ
🔑

Admin Login

सहिद सप्ताहको पहिलो दिन हेटौंडाको सहिद स्मारकमा बुद्धपार्क उद्घाटन


हेटौंडा । हेटौंडा-११ नवलपुर स्थित सहिद स्मारकमा बुद्ध पार्क उद्घाटन गरिएको छ । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले बुधबार पार्कको उद्घाटन गरेका हुन् ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै पौडेलले यो एउटा महत्त्वपूर्ण कार्यक्रम रहेको बताए । उनले सहिद सप्ताहका अवसरमा एकहप्तासम्म हुने कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

ADVERTISEMENT

पार्कमा गौतम बुद्ध जन्मेपछी हिडेको बुद्धको मुर्ति देख्न सकिन्छ । सोही स्थानमा गौतम बुद्धकि माता मायादेवी, ब्रम्हा र इन्द्रको मुर्ति पनि राखिएको छ ।

समितिले सहिद दिवसलाई सप्ताहब्यापी मनाउने कार्यतालिका अनुसार आज पार्कको उद्घाटन गरिएको सचीव रघुनाथ खुलालले जानकारी दिए ।

ADVERTISEMENT

सहिद सप्ताह २०८० का अवसरमा भोलि माघ ११ गते कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेलाको शुभारम्भ, विविध सास्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम, माघ १२ गते वडा स्तरिय नृत्य प्रतियोगिता, माघ १३ गते रक्तदान कार्यक्रम र “सहिद र मदन भण्डारीको सपना साकार पार्नका लागि नवयुवाको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगिता, गरिने छ ।

त्यस्तै माघ १४ गते वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते राष्ट्रिय कलाकारहरुको सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा अन्तिक दिन माघ १६ गते प्रभातफेरी, सहिद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सचिव खुलालले जानकारी दिए ।


प्रकाशित मिति : बुधबार, २०८० माघ १०, ११ :५५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट