Techie IT
  • ८ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • ८ फागुन २०८२, शुक्रबार

एकीकृत समाजवादीको विधान संशोधनका लागि मकवानपुरमा सुझाव सङ्कलन


हेटौंडा । नेकपा (एकीकृत समाजवादी) को ‘अन्तरिम विधान २०७८’ संशोधनका लागि मकवानपुरमा सुझाव लिइएको छ । शनिबार नेकपा (एकीकृत समाजवादी) मकवानपुरले पार्टी जिल्ला कमिटीमा सुझाव सङ्कलन गरेको हो ।

ADVERTISEMENT

अब कायम गर्नुपर्ने पार्टीको संरचना, निति, विधी, उमेरहद लगायत विषयमा पार्टीको विधान संशोधनका लागि पार्टी जिल्ला कमिटी मकवानपुरमा आवश्यक सुझाव लिइएको हो । विभिन्न चार वटा समूहमार्फत सङ्कलित सुझाव पार्टी मकवानपुरको सचिवालय बैठकमार्फत पार्टी केन्द्रमा पठाउने र पार्टीको राष्ट्रिय परिषद् बैठकले अन्तिम टुंगो लगाउने जनाइएको छ ।

ADVERTISEMENT

पार्टी केन्द्रले पठाएको अन्तरिम विधानमा आवश्यक सुझाव दिँदै पार्टीको अन्तरिम विधानलाई पूर्णता दिनका लागि यसखालको सुझाव सङ्कलन गरिएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देलले जानकारी दिइन् । यसरी सङ्कलन गरिएका सुझावलाई विधान संशोधनका लागि पार्टी मकवानपुर जिल्ला सचिवालयमार्फत ८ माघसम्म पार्टी केन्द्रमा पठाइसकिने सिग्देलले बताइन् ।

पार्टी विधान संशोधनको तयारीमा रहेको एकीकृत समाजवादीले माघ १४ र १५ मा राष्ट्रिय परिषदको बैठक राख्दैछ । पार्टी कसरी बलियो बनाउन सकिन्छ भन्नेमा ध्यान दिएर यस्तो सुझाव लिइएको एकीकृत समाजवादीका स्थायी कमिटि सदस्य ललितकुमार बस्नेतले बताए ।

ADVERTISEMENT

‘विधान भनेको पार्टी संगठनको प्राण हो ।’ बस्नेत भन्छन्, ‘विधानलाई विशेष महत्व दिइने भएकाले यो कस्तो बनाउँने भन्नेमा यस खालको सुझाव लिइएको हो ।’ यो बेला ध्यान पुर्याइएन भने पार्टीको प्रभावकारी विधान बन्न नसक्ने र पछि पछुताउनुपर्ने हुँदा अहिले आवश्यक सुझाव दिनुपर्ने बस्नेतको भनाई छ ।

‘सुझाव लिने कुरा पार्टीको तल्लो कमिटीसम्मै लगिएको छ । यो अत्यन्त उयपुक्त काम हो ।’ बस्नेत भन्छन्,‘हामीले दिने सुझावले पार्टी केन्द्रलाई आवश्यक विधान निर्माणका लागि पनि मलजल पुगोस् भन्ने हाम्रो ध्यान छ ।’ बस्नेतका अनुसार एकीकृत समाजवादीलाई जनताका माझमा बलियो कम्युनिष्ट पार्टी बनाउँन अब दुई महिनामा पार्टी संगठन सुदृढीकरण अभियान पनि सुरु हुदैछ ।

पार्टी मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालको अध्यक्षता तथा पार्टीका स्थायी कमिटी सदस्य ललितकुमार बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित विधान संशोधनका लागि सुझाव लिने भेलामा पार्टी केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज मुनु सिग्देल, पार्टी केन्द्रिय सदस्य तथा राष्ट्रियसभा सदस्य गोमा तिमल्सिना, पार्टी केन्द्रिय सदस्य राजाराम स्याङ्तान, गोविन्दराम चेपाङ,केन्द्रिय परिषद सदस्य यादव गजुरेल, पार्टी बागमती प्रदेश कमिटी सदस्य इश्वर रुम्बा लगायतको आतिथ्यता थियो ।


प्रकाशित मिति : आइतवार, २०८० माघ ७, ११ :२४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट