Techie IT
  • २७ फागुन २०८२, बुधबार
Hetauda Khabar
  • २७ फागुन २०८२, बुधबार

नेपाल बीउ व्यवसायी संघको साधारण सभा सम्पन्न


हेटौंडा । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको नवौँ साधारण सभा शनिबार सम्पन्न भएको छ ।

ADVERTISEMENT

संघका अध्यक्ष रमेश अर्यालको अध्यक्षतामा हेटौंडा उपमहानगरपालिका(१८ स्थित गुम्बाडाँडामा भएको साधारण सभाका वक्ताहरुले बीउबिजनमा नेपालको परनिर्भरता बढ्दै गएको भन्दै देशभित्रै गुणस्तरीय बीउ उत्पादनका लागि नीति निर्माणमा जोड दिइएको थियो ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कंडेलले राम्रो बीउ हुँदा उत्पादन वृद्धि हुने भन्दै गुणस्तीरय बीउ आवश्यक भएको बताए ।

ADVERTISEMENT

उनले नेपालमा कृषिसम्बन्धी प्रविधि हस्तान्तरणमा बीउबिजन व्यवसायीको ठूलो योगदान रहेको बताउँदै आयात प्रक्रिया लामो हुँदा बीउ आउन ढिलाई हुने गरेको बताए।

नेपाल बीउ व्यवसायी संघका केन्द्रीय महासचिव विश्वराज बानियाँले बिउबिजनसम्बन्धी नियमावलीको अभावमा बीउबिजन दर्ता रोकिएको भन्दै मौसममा आएको परिवर्तनले पनि कृषि उत्पादनमा समस्या आएको बताए ।

ADVERTISEMENT

मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले आर्थिक मन्दीले देशको सबै क्षेत्र प्रभावित भएको बताउँदै कृषियोग्य जग्गा प्लटिङ र युवा विदेसिने क्रम बढ्दै गएकोले कृषि उत्पादन प्रभावित भएको बताए । उनले बीउबिजन व्यवसायीको समस्या समाधानमा उद्योग वाणिज्य संघले सहजीकरण गर्ने बताए ।

कार्यक्रममा नेपाल बीउ व्यवसायी संघ बागमतीका उपाध्यक्ष हरिशरण अर्याल, नेपाल विषादी व्यवसायी संघ चितवन नेपाल अमोदराज कंडेल, बीउबिजन व्यवसायी सुदर्शन विष्टलगायतले गुणस्तरीय बीउको अभाव हुँदै गएको बताए ।


प्रकाशित मिति : आइतवार, २०८० माघ ७, ०७ :५० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट