Techie IT
Hetauda Khabar

माघ १६ गतेदेखि मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता हुने


हेटौंडा – स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण माघ १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने भएको छ ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा वर्षेनि हुँदै आएको यस प्रतियोगितामा एक विदेशी क्लब, नेपालमा रहेका वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा क्लबले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।

गत वर्षको हिमालयन शेर्पालाई पराजित गर्दै मनाङले उपाधि जितेको थियो । यस बर्ष प्रतियोगितामा साविक विजेता मनाङ सहित चर्च ब्वाईज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी, नेपाल पुलिस, मछिन्द्र, थ्री स्टार, बागमती, राजारानी क्लब धनकुटा, एन्फा मकवानपुर र भुटानको पारो एफसीले खेल्नेछन् ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यस वर्ष समेत बुलेट मोटरसाईकल प्राप्त गर्ने छन् भने विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

हेटौंडा–६ स्थित गौरिटार रंगशालामा १२ दिन हुने प्रतियोगिता सञ्चालनका लागि एक करोड ६० लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ।


क्याटेगोरी : खेलकुद, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट