Techie IT
Hetauda Khabar

हेटौँडामा उसुको स्वर्ण पदक जितेर फर्कदा दुर्घटनामा खेलाडी निताको निधन


धनगढी-१२ जुगेडाकी उसु खेलाडी १८ वर्षीया निता खड्काको दुर्घटनामा परेर शनिबार बिहान मृत्यु भएको छ ।

हेटौंडामा सम्पन्न उसु प्रतियोगितामा सहभागी भएर धनगढी फर्किने क्रममा सवारी दुर्घटनामा परेर खड्काको मृत्यु भएको हो । खड्काले त्यहाँ सम्पन्न प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् ।

हेटौंडामा प्रथम अन्तरप्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर खेलाडीहरु धनगढी फर्किने क्रममा उनीहरु सवार सुदूरपश्चिम यातायातको बस ३३९२ शनिबार बिहान कपिलवस्तुको चन्द्रौटा नजिक चोरखोलामा ट्रकको ठक्करबाट दुर्घटना भएको हो ।

प्रदेश खेलकुद परिषद्का अनुसार खड्काको मृत्यु भएको उक्त दुर्घटनामा पुष्पा कुँवर, सपना तामाङ, सृजना बीसी, मुकेश कार्की, अस्मिता गाहामगर, अभी महतो, हरिचन्द्र कार्की, दिपक चौधरी, ज्ञानु बिक र निर्णायकहरु खुसीराम चौधरी, राजीव गुप्ता र एलिसा खाती घाइते भएका छन् । घाइतेहरुको सञ्जीवनी अस्पताल चन्द्रौटामा उपचार भएको परिषद्का सदस्यसचिव दीपक सिंहले बताए ।


क्याटेगोरी : खेलकुद, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट