Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मकवानपुरगढीमा रैथाने फापर संकलन सुरु, कृषकले प्रतिकिलो ११६ रुपैयाँ पाउने


हेटौंडा । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा रैथाने बाली फापर संकलनको शुरूवात गरिएको छ ।

ADVERTISEMENT

वडा न. ८ बुढिचौर स्थित एकता स्वाबलम्बन कृषि सहकारी संस्थाले आइतबारदेखि त्यस क्षेत्रमा कृषकहरुबाट उत्पादित मिठे फापर र तिते फापर खरिद गरि संकलन गर्न शुरुवात गरिएको संस्थाका व्यवस्थापक गुन्जरत्न लुङ्वाले बताए।

ADVERTISEMENT

गाउँपालिकाबाट फापरको समर्थन मूल्य प्रति केजी एकसय रुपैयाँ तोकिएकोमा सहकारी संस्थाले १ सय १० मा खरिद गरेको र त्यसमा गाउँपालिकाबाट प्राप्त हुने प्रति केजी ६ रुपैयाँ अनुदान रकम समेत थप गरि प्रति केजी १ सय १६ रुपैंयाको दरले कृषकहरुबाट फापर खरिद गरिएको व्यवस्थापक लुङ्वाले जानकारी दिए ।

संकलनको पहिलो दिन आइतबार २१ जना कृषकहरुबाट २१ सय ७४ केजी फापर खरिद भएको सहकारीका सचिव अजय योन्जनले बताए।

ADVERTISEMENT

आइतबार फापर विक्री गर्ने कृषकहरु मध्ये चन्द्र बहादुर लुङ्वाले सबैभन्दा बढी २ सय ६८ केजी फापर विक्री गरेको उनले बताए । गत वर्ष कृषकहरुले प्रति केजी ९० रुपैयामा विक्री गरेकोमा यस वर्ष गाउँपालिकाको अनुदान समेत थप गरि प्रति केजी १ सय १६ रुपैया पाएकोमा कृषकहरु खुशी भएका छन् ।

यस वर्षदेखि कृषकहरुबाट फापर संकलन शुरुवात गरेकोमा अनुमानित १० मे.टन खरिद गर्ने लक्ष्य रहेको सहकारीका अध्यक्ष बालानन्द तिमल्सिनाले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान तथा वडा न. ८ का वडाध्यक्ष कुमार सिं घिसिङको उपस्थितिमा फापर खरिद गर्न शुरु गरिएको हो ।

गाउँपालिकाले रैथानेबालीको न्युनतम समर्थन मुल्य निर्धारण गरि प्रति केजी अनुदान समेत दिन थालेपछि पालिका भित्र रैथानेबालीको खेती गर्दै आएका कृषकहरु उत्साहित भएका गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए । केहि दिन अघि पालिकाको वडा नम्बर ४ कालिखोला क्षेत्रमा कोदो संकलनको शुरुवात गरिएको थियो ।


प्रकाशित मिति : सोमवार, २०८० पुस ९, ०८ :२२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट