Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडाको पदमपोखरीको मेलामा जब झगडा छुट्टाउन पुगे सविन…


हेटौंडा  हेटौंडामा दुई पक्षबीच भएको झगडा छुट्याउन पुगेका एक युवकमाथि निर्घात कुटपिट भएको छ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका वडा नं. १२ पदमपोखरीस्थित पशुपति मेलामा दुई पक्षबीच झगडा भएपछि त्यसलाई छुट्याउन पुगेका स्थानीय २७ वर्षीय सबिन थिङमाथि निर्घात कुटपिट भएको हो।

ADVERTISEMENT

बिहीबार बिहान मेलामा दुई समूहबीच झगडा भएपछि त्यसलाई मिलाउन पुगेका सबिनमाथि झगडामा संलग्न व्यक्तिहरूले गम्भीर घाइते पार्ने गरी कुटपिट गरेका हुन्। घाइते सबिनको उपचार भरतपुरस्थित अस्पतालमा भइरहेको छ। उनलाई मेलामा स्वयंसेवकको रूपमा खटाइएको थियो।

कुटपिटमा संलग्न व्यक्तिहरू फरार छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० पुस ६, १३ :२९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट