Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडा सहकारीले मनाउँदै रजत महोत्सव,विभिन्न कार्यक्रम गरिने


हेटौंडा । हेटौंडामा हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा रजत महोत्सव मनाउने भएको छ।

ADVERTISEMENT

शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाले विभिन्न कार्यक्रमहरूको घोषणा गरेको हो। २०५६ सालमा २६ सदस्यसहित स्थापना भएको सो संस्थाले यसै शुक्रबारदेखि विभिन्न कार्यक्रम शुरू गरी पुस १३ गतेसम्म चलाउने जनाएको छ।

ADVERTISEMENT

कार्यक्रम अन्तर्गत वृद्ध शेयर सदस्य सम्मान, बाल कार्यक्रम, रक्तदान, खेलकूद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम लगायतका गतिविधि हुनेछन्। साथै संस्थाका संस्थापक सदस्यहरूलाई पनि सम्मान गरिने जनाइएको छ।

विगत २५ वर्षदेखि संस्थाले स्थानीयका लागि वित्तीय सेवा प्रदान गर्दै आएको छ। हाल संस्थामा ६९३१ शेयर सदस्य रहेका छन्।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० पुस ६, १३ :१९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट