Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

मकवानपुरमा ध्वनी प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण


मकवानपुरमा ध्वनी प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण गरिएको छ । जनसरोकार केन्द्र मकवानपुरका संयोजक धुर्ब प्रसाद चौलागाईले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकषर्ण गराएका हुन् ।

ADVERTISEMENT

बदलिँदो सामाजिक परिवेश र प्रविधिको विकाससँगै ध्वनी प्रदूषण बढ्दै गएको छ। यसले मानिसहरूलाई मानसिक तनाव, मुटुरोग लगायतका समस्या दिइरहेको छ।

ADVERTISEMENT

यस सन्दर्भमा जनसरोकार केन्द्र मकवानपुरले विभिन्न निकायहरूलाई एउटा ध्यानाकर्षण पत्र पठाई ध्वनी प्रदूषण नियन्त्रणका लागि विभिन्न कदम चाल्न आग्रह गरेको छ।

पत्रमा सवारी साधन, मठमन्दिर र मस्जिदमा प्रयोग हुने साधन, विद्यालय तथा पार्टी प्यालेसहरूमा हुने कार्यक्रम, क्रसर उद्योग लगायतका क्षेत्रमा ध्वनी प्रदूषण नियन्त्रण गर्न विभिन्न सुझाव र आग्रह गरिएको छ।

ADVERTISEMENT

पत्रमा उल्लेख गरिएका सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायहरूसँग आग्रह गरिएको छ। साथै, यस क्षेत्रमा सहकार्य गर्न पनि आग्रह गरिएको छ।


प्रकाशित मिति : सोमवार, २०८० मंसिर २५, १२ :४१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट