Techie IT
  • १९ फागुन २०८२, मंगलबार
Hetauda Khabar
  • १९ फागुन २०८२, मंगलबार

कैलाश गाउँपालिकाको ११ औं गाउँसभा सम्पन्न


मकवानपुरको कैलाश गाउँपालिकाको ११ औं गाउँसभा शुक्रवार सम्पन्न भएको छ ।

ADVERTISEMENT

गाउँपालिकाको सभाहलमा सम्पन्न गाउँसभाको उद्घाटन कैलाश गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तान र गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले संयुक्तरुपमा पानसमा बत्ती बालेर गरेका थिए । सभामा चालू आ.व. २०७९÷०८० को बार्षिक निति तथा कार्यक्रम अनुसार तय भएका कार्यक्रमबाट रकमान्तर गरिएका चालू र पूजिगत शिर्षकका बजेट विवरण उपाध्यक्ष मल्लले प्रस्तुत गरेका थिए ।

ADVERTISEMENT

त्यस्तै, सभामा सभाका सदस्यहरुले विभिन्न वडामा पुर्वाधारको समस्या रहेको जानकारी गराएका थिए । पालिका भित्रको पुर्वाधार समस्याको समाधानमा पालिकासंग स्रोत र साधन सिमित रहेकोले कार्य सम्पादनमा ढिला भएको र यथासिघ्र समाधान गरिने अध्यक्ष मोक्तानले बताए ।

यस्तै, यसअघिको आर्थिक बर्षमा भन्दा आउँने समयमा नीति तथा कार्यक्रम अनुसारका योजनाहरुको कार्य सम्पादनमा अनुपातिक रुपमा बढ्ने प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टले बताए ।

ADVERTISEMENT

कार्यक्रमको अवसर पारेर पालिका तथा तथा वडाका कर्मचारी, एसईईम नियमित विद्यालय उत्कृण रिजल्ट ल्याउँने पालिकाको विद्यालय, शिक्षक र एसईईमा उत्कृष्ट जिपिए ल्याउँने विद्यार्थी समेत सम्मानित गरिएको थियो ।

जसमा, लेखापाल नवीन धिताल, अधिकृत छैठौं सुरेश न्यौपाने,वडा सचिव रामचन्द्र सिवाकोटी, सुचना अधिकारी प्रकाश राई, स्टाफ नर्स गिता प्रजा, कार्यालय सहयोगी इमानसिं प्रजा, शिक्षक राम प्रसाद कालाखेती, विद्यार्थीद्वय राममाया चेपाङ, सफल कुमार उप्रेती र श्री धवाङ मावि सम्मान पत्र र नगदसहित सम्मानित भएका थिए ।


प्रकाशित मिति : सोमवार, २०७९ माघ २, १९ :१५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट