Techie IT
  • ४ चैत्र २०८२, बुधबार
Hetauda Khabar
  • ४ चैत्र २०८२, बुधबार

अष्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर सपथ, बिदेश मन्त्रीले दिइन बधाई


पर्थ, २४ माघ । अस्ट्रेलियाको संसदमा भारतीय मूलका ब्यारिस्टर वरुण घोषले नयाँ सिनेटर बनेका छन् ।

ADVERTISEMENT

नयाँ सिनेटरमा चयन भएका घोषले भागवद् गीतामा हात राखेर पद तथा गोपनियताका  शपथ लिएका छन् । गीतामा हात राखेर अष्ट्रेलियामा पद तथा गोपनियताको सपथ लिने घोष यसो गर्ने पहिलो व्यक्तिसमेत हुन्।

ADVERTISEMENT

अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले उनलाई सो कार्यका लागि बधाईसमेत दिएकी छन् । पेनी वोङले सामाजिक सञ्जालमा लेखेकी छन्,  ‘पश्चिमी अस्ट्रेलियाका हाम्रा नयाँ सिनेटर वरुण घोषलाई स्वागत छ। सिनेटर घोष भगवद गीताको सपथ लिने पहिलो अष्ट्रेलियाली सिनेटर हुन्। मैले बारम्बार भनेको छु कि जब तपाइँ केही गर्नको लागी पहिलो हुनुहुन्छ, तपाइँ निश्चित हुनुपर्दछ कि तपाइँ अन्तिम हुनु हुन्न।’

लेबर पार्टीले घोषलाई वेस्टर्न अष्ट्रेलिया (डब्लुए) बाट प्रतिनिधित्व गर्न चयन गरेको हो । हालै फ्रान्सिस बर्ट चेम्बर्सका ब्यारिस्टर, ३८ वर्षीय घोषलाई वर्तमान सिनेटर प्याट्रिक डडसनको ठाउँमा छानिएको थियो।

ADVERTISEMENT

पश्चिमी अस्ट्रेलियाको विधान सभाले भनेको थियो, ‘विधानसभा र विधान परिषद्ले सिनेटर वरुण घोषलाई संघीय संसदको सिनेटमा पश्चिमी अस्ट्रेलियाको प्रतिनिधित्व गर्न निर्वाचित गरेको छ ।’

वरुण घोषले भर्खरै आफ्नो छनोटमा भनेका थिए, ‘म राम्रो शिक्षा पाउँदा भाग्यशाली थिएँ र म दृढतापूर्वक विश्वास गर्छु कि उच्च गुणस्तरको शिक्षा र प्रशिक्षण सबैका लागि उपलब्ध हुनुपर्छ।’ अष्ट्रेलियका समाचार संस्थाहरूका अनुसार अनुसार घोष १७ वर्षको उमेरमा पर्थमा नै लेबर पार्टीमा प्रवेश गरेका थिए, जुन १८ बर्ष पछि उनी सिनेटरमा निर्वाचित भए ।


प्रकाशित मिति : बुधबार, २०८० माघ २४, १२ :१४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट