Techie IT
Hetauda Khabar

इजरायल-हमास युद्धमा २० हजार २८५ जना मारिए


इजरायल(हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या हालसम्म २० हजार २८५ पुगेको छ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफमा आफ्नो सैन्य कारबाही सुरु गरेको इजरायलले निरन्तर युद्ध जारी राखेको छ।

गाजा पट्टीमा इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या हालसम्म २० हजार २८५ पुगेको छ भने ५३ हजार ६८८ घाइते भएका छन्।

१.९ मिलियन प्यालेस्टिनी बासिन्दाहरू अर्थात् गाजा जनसंख्याको लगभग ८५ प्रतिशत बिस्थापित भएका छन्। यसैबीच, इजरायली नाकाबन्दीका कारण गाजावासीहरू बिजुली, खाद्यान्न, चिकित्सा आपूर्ति र आश्रयस्थलको अभावबाट पीडित छन्।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट