Techie IT
Hetauda Khabar

किन गरियो भारतमा ९२ सांसद निलम्बन ? इतिहासकै पहिलो घटना


भारतमा एकै दिन ७८ जना विपक्षी सांसदको पद निलम्बन भएको छ । संसद्को तल्लो सदन लोकसभाका ३३ र राज्यसभाका ४५ सांसदलाई सभा सञ्चालनमा अवरोध पुर्‍याएको भन्दै सोमबार निलम्बित गरिएको हो ।

यसमध्ये ६४ जनालाई शीतकालीन सत्रको बाँकी अवधिसम्मका लागि र ११ सांसदलाई विशेषाधिकार समितिको प्रतिवेदन आउँदासम्मको अवधिका लागि निलम्बित गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत साता लोकसभाको बैठक चलिरहेका बेला दुई युवकले दर्शक दीर्घाबाट हाम फालेर सभाकक्षमा हल्लीखल्ली मच्चाएको विषयलाई लिएर गृहमन्त्रीको जवाफ माग गर्दै सोमबार विपक्षी सांसदले दुवै सदनमा विरोध गरेका थिए । सोहि विषयलाई लिएर उनीहरुलाई निलम्बित गरिएको हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट