Techie IT
  • २७ माघ २०८२, मंगलबार
Hetauda Khabar
  • २७ माघ २०८२, मंगलबार

शाहरूखको रेकर्ड तोडदै अजय देवगन, जसकाे १४ फिल्मले कटाए १०० करोड


मुम्बइ, ७ चैत । शैतानले १०० करोडको किर्तिमानी कमाइ गरेको छ ।  योसँगै अजय देवगनको नाममा दुई कीर्तिमान पनि बनेको छ । भारतीय समाचार माध्यमका अनुसार  ‘शैतान’ १०० करोड क्लबमा सामेल भएपछि अजयको यो फिल्म १०० करोड कमाउने उनको करियरको १४औँ फिल्म बनेको छ ।

ADVERTISEMENT

यससँगै अजयले यस मामिलामा बलिउडका किंग खान अर्थात् शाहरुख खानलाई निकै पछाडी छाडेका छन । ध्यान दिनु पर्ने कुरा के छ भने सबैभन्दा धेरै १०० करोड फिल्म दिने मामिलामा सलमान खान पहिलो नम्बरमा छन्, उनले १७ वटा फिल्मलाइ १०० करोडको क्लबमा रखाउन सफल भएका छन ।

ADVERTISEMENT

यसैगरी, अक्षय कुमार यस लिस्टमा दोस्रो नम्बरमा छन्, उनले अहिलेसम्म १६ वटा फिल्मवाट कम्तिमा १६०० करोड कमाइदिएका छन ।यस्तो अवस्थामा अजय देवगन सबैभन्दा बढी १०० करोड कमाउने फिल्मको सूचीमा तेस्रो स्थानमा रहेको छन्, उनले शैतानसहित १४ वटा फिल्म १०० करोड क्लबमा पुर्‍याएका छन ।

त्यसपछि मात्रै वलिउडका बादशाह शाहरुख खानको नाम आउँछ, उनी चौथो स्थानमा छन् ।

ADVERTISEMENT


प्रकाशित मिति : बुधबार, २०८० चैत्र ७, १४ :४७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट