Techie IT
  • २ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २ फागुन २०८२, शनिबार

भारतीय फिल्म ‘सालार’ मा गीत गाउँदै मेनुका पौडेल


गायिका मेनुका पौडेलले भारतीय फिल्म ‘सलार’ मा गीत गाउँने भएकी छिन्।

ADVERTISEMENT

आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले भारतीय फिल्म ‘सलार’ मा गीत गाएको जानकारी दिएकी हुन्।

ADVERTISEMENT

पौडेलले भनेकी छिन्, ‘म आज एकदमै उत्साहित छु । किनभने, मलाई फिल्ममा गाउनका लागि अवसर मिलेको छ । यो ‘सलार’ फिल्मको गीत हो । यो मेरो पहिलो टर्निङ पोइन्ट हो।’,

सो एपिसोडमा मेनुकाले स्टुडियो पुगेर गीत गाएको अंश समेत प्रसारण गरिएको थियो। कार्यक्रममा उनलाई निर्णायकहरुले बधाई समेत दिएका थिए।

ADVERTISEMENT

‘इन्डियन आइडल’को ‘टप १४’मा पुगेकी उनलाई उपाधिको दाबेदारको रुपमा लिने गरिएको छ। उनले आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छन्।


प्रकाशित मिति : सोमवार, २०८० मंसिर २५, १५ :०५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट