Techie IT
  • १ चैत्र २०८२, आईतबार
Hetauda Khabar
  • १ चैत्र २०८२, आईतबार

सुनचाँदीको भाउ घट्यो,कति छ तोलामा भाउ ?


हेटौंडा, २५ माघ । नेपाली बजारमा बुधबारकाे तुलनामा  बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको भाउ २०० रूपैयाँ घटेको हो। यसअघि बुधबार सुन प्रतितोला ६०० रूपैयाँ बढेको थियो ।

ADVERTISEMENT

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ।बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो।

ADVERTISEMENT

 


प्रकाशित मिति : बिहिबार, २०८० माघ २५, ११ :४२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट