नेप्सेको ओरालो यात्रा कायमै, चौथो दिन १० दशमलव २५ अंकको गिरावट
![](https://ap-south-1.linodeobjects.com/hetauda/2023/10/nepal-stock-exchange-nepse.jpg)
शेयर बजार नेप्से परिसूचक १० अंकले घटेको छ ।
आज बुधबार नेप्से १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा पुगेर बन्द भएको छ ।बुधबार नेप्सेमा कारोबार रकम पनि घटेको छ । आज १ करोड १० लाख ४९ हजार ९४९ शेयर ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएका १३ मध्ये बैंकिङ र म्युच्युअल फन्ड समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।
क्याटेगोरी : अर्थबाणिज्य
प्रतिक्रिया