Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

नेप्से परिसूचकमा २१ अङ्कको गिरावट


२१ अंक छोइसकेको नेप्से परिसूचक आइतबार २१.०३ अंक घटेर २०८८.०७ विन्दुमा बन्द भयो। सेन्सेटिभ इन्डेक्स ५.२९ अंक घट्यो भने फ्लोट इन्डेक्स १.५८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१६ अंक घट्यो।

ADVERTISEMENT

आइतबार १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढ्यो भने ९ उपसमूहको परिसूचक घट्यो। जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक बढ्यो।   लगानी उपसमूहको परिसूचक सर्वाधिक ३.८९ प्रतिशत घट्यो।

ADVERTISEMENT

आइतबार ३ सय ९ स्टकको १ लाख २८ हजार ३ सय ५६ पटकको कारोबारमा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबारको कारोबारमा एक दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। दुई स्टकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढ्यो। दुई स्टकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढ्यो।

ADVERTISEMENT

आइतबार ज्योति विकास बैंकको ऋणपत्र र नेपाल रिपब्लिक मिडियाको मूल्य १० प्रतिशत घट्यो। हाथवे इन्भेष्टमेन्ट र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढी बढ्यो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रह्यो। आइतबार ३० करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

हाथवे इन्भेष्टमेन्टको २९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भयो। सोनापुर मिनरल्सको २८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।


प्रकाशित मिति : आइतवार, २०८० पुस ८, १६ :०४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट