Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

बागमतीमा गठबन्धनको बहुमत


बागमती प्रदेशमा प्रत्यक्षतर्फ सत्ता गठबन्धनलाई बहुमत प्राप्त भएको छ। मुख्यमन्त्री आआफ्नो दलको पक्षमा पार्न आकांक्षी नेताहरू ‘लबिङ’मा जुटेका छन्। १ सय १० सदस्यीय प्रदेशसभाका लागि ६६ प्रत्यक्ष र ४४ जना समानुपातिकबाट निर्वाचित हुन्छन्।

ADVERTISEMENT

यो प्रदेशमा एमालेले यसअघि पाएको एकल बहुमत गुमाएको छ। ०७४ मा प्रत्यक्षतर्फ ४२ सिट जितेर एकल बहुमत पाएको एमाले यसपटक १२ सिटमा खुम्चिएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कांग्रेसले २४, एमालेले १२, माओवादी केन्द्रले १४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र एकीकृत समाजवादीले ५ सिट जितेका छन्।

ADVERTISEMENT

नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले एक–एक सिट जितेका छन्। प्रत्यक्षतर्फका ६६ सिटमध्ये दोलखाका दुई क्षेत्रको परिणाम आउन बाँकी छ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०७९ मंसिर १४, १२ :१२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट