Techie IT
  • ४ चैत्र २०८२, बुधबार
Hetauda Khabar
  • ४ चैत्र २०८२, बुधबार

हेटौंडामा मेलाको नाममा ठगी धन्दा, आयोजकद्वारा गुण्डा परिचालन


कृषि तथा पर्यटनको नाममा विभिन्न मन्त्रालयको सहयोगमा हेटौंडामा जारी महोत्सवमा आयोजक जिल्ला खेलकुद विकास समितिले गुण्डा परिचालन गरेको छ । मेलाको नाम असुली धन्दा चलाइएको भन्दै चौतर्फी विरोध हुन थालेपछी आयोजकले गुण्डा परिचालन गरी थर्काउने र दुर्व्यवहार गर्ने गरी व्यक्तिहरु परिचालन गरेको हो ।

ADVERTISEMENT

यसैक्रममा फोटो तथा भिडिओ कैद गर्ने क्रममा हेटौंडाका पत्रकार रमेश बन्जारामाथि आयोजकले परिचालन गरेका व्यक्तिहरुले दुर्व्यवहार गरेका छन् । बन्जाराले महोत्सवको फोटो कैद गर्न लाग्दा आयोजकला केहि व्यक्तिहरु आएर धन्क्याउने र फोटो डिलिट गर्न लगाई दुर्व्यवहार गरेका छन् । आफुलाई दुर्व्यवहार गर्ने व्यक्तिहरुविरुद्ध कानुनि उपचारमा जाने पत्रकार बन्जराले बताएका छन् ।

ADVERTISEMENT

कृषि तथा पर्यटन प्रवर्धनको नाममा असम्बन्धित चिजहरुलाई बढावा दिएर विकृति फैलाउने काम गरेको, व्यवसायीलाई थप मर्का पुग्ने गरी चर्को शुल्क लिएको र आयोजक पैसा असुल्ने काममा बढी केन्द्रित भएकाले महोत्सवको चौतर्फी विरोध भैरहेको छ । त्यस्तै नजिकै आएको एसईई परिक्षा दिने विद्यार्थीलाई समेत यसले असर गरेको भन्दै अभिवावक संघ लगायत विभिन्न संघ सस्थाले विरोध जनाएका छन् तर आयोजकले गुण्डागर्दी शैलीमा कृषि तथा पर्यटनमहोत्सवको नाममा मनलाग्दी गर्ने गरेको छ । त्यस्तै महोत्सवमा गैरकानुनि रुपमा पार्किङ शुल्क समेत उठाएको पाइएको छ

भुटनदेवी युवा क्लवको रसिद काटी मेला हेर्न आएका दर्शकहरुबाट गैरकानुनि ढंगले पार्किङ शुल्क उठाइएको छ । सार्वजनिक स्थानमा कुनैपनि नाममा पार्किङ शुल्क लिन नपाईने भएपनि आयोजकले विभिन्न बाहानामा ठग्ने काम गरिरहेको सर्वसाधारणले गुनासो गरेका छन् ।

ADVERTISEMENT

 


प्रकाशित मिति : बुधबार, २०८२ चैत्र ४, १० :५४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट