Techie IT
  • २८ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • २८ फागुन २०८२, बिहीबार

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा  मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ADVERTISEMENT

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बा.प्र०३–००५प.७९८० नम्बरको मोटरसाइकल बुङ्दलखोलाबाट ५० फिट तल आइतबार बिहान खस्दा मोटसाइकल चालक हेटौँडा उपमहानगरपालिका–२ चौकी टोल निवासी ३९ वर्षीय वीरबहादुर गुरुङ र पछाडि सवार पूर्वी नवलपरासी कावासोती नगरपालिका–१३ घर भई हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको हो ।

ADVERTISEMENT

मृतक दुवै जनाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८२ कार्तिक ३०, ११ :२७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट