भष्ट्राचारको अड्डा बन्यो मकवानपुर गढी गाउँपालिका, मनकामना मन्दिर मर्मतमा समेत अनियमितता
मकवानपुरको मकवानपुर गढी गाउँपालिकामा करोडौं आर्थिक अनियमितता भएको पाइएको छ।
महालेखा परीक्षकको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार पालिकामा करोडौंको अनियमितता भएको पाइएको हो। पालिकाले मितव्ययी ढङ्गले खर्च नगरी मनलाग्दी खर्च गर्ने र खर्चको लेखाजोखा नराख्ने समेत गरेको प्रतिवेदनले देखाएको छ।
पालिकाको वार्षिक आन्तरिक आम्दामीको २३.५९ प्रतिशत रकम खाजा खर्चमा मात्र खर्च गरेको छ भने सवारी साधन मर्मत इन्धन, सूचना पाटीको खर्च तथा अन्य निर्माणसँग सम्बन्धित काममा पनि अनियमितता गरेको भेटिएको हो। पालिकाले एक आर्थिक वर्षमा खाजा खर्च वापत ३१ लाख ५७ हजार खर्च गरेको छ जबकी पालिकाको आन्तरिक आम्दानी १ करोड ३३ लाख ८० हजार रहेको छ यसरी हेर्दा आम्दानीको २३.५९ प्रतिशत रकम खाजा खर्चमा गएको छ, यो खर्च यथार्थपरक नरहेको भन्दै महालेखाले प्रश्न उठाएको छ ।
पालिकाले आर्थिक कार्य प्रणालीको लेखाङ्कन गर्न स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली ‘सूत्र’ प्रयोगमा रहे पनि अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त भएको सामाजिक सुरक्षा तथा संरक्षणको ९ करोड ५३ लाख ६८ हजार एकीकृत स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमको रु २३ लाख र पर्यटन पूर्वाधार विकास आयोजनाको रु २० लाख ४२ हजार समावेस नगरिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यस्तै १ अर्ब ३१ करोड ७४ लाख ६८ ७८ हजारको लेखा परीक्षण गरिएकोमा रु १ करोड ४४ लाख १५ हजार बेरुजु देखिएको छ।
त्यस्तै पालिकामा सार्वजनिक खरिद नियमावली विपरीत निर्माणका थुप्रै कार्यहरू गरेको पाइएको छ। सार्वजनिक खरिद नियमावली २०६४ को दफा ८५ (४) मा सार्वजनिक निकायले १ लाख रुपैयाँभन्दा बढी रकमको सोझै खरिद गर्दा मौजुदा सूचीका कम्तिमा तीनवटा आपूर्तिकर्ता वा सेवा प्रदायकबाट प्रस्ताव नागरिक खरिद गर्नुपर्ने प्रावधान रहे पनि पालिकाले लागत अनुमान बराबरको रकममा प्रस्ताव पेश गर्ने व्यवसायीसँग खरिद सम्झौता गरी भुक्तानी गरेको देखिएको छ। लागत अनुमान बराबरको सम्झौता गरी अनियमितता गरेको महालेखा प्रतिवेदनले उल्लेख गरेको छ।
पालिकाले भञ्ज्याङ फुङदल सडक निर्माण, फोगटेबाट देउपुरी भन्ज्याङ हुँदै च्याफल भन्ज्याङ सडक लगायतको कार्यमा लागत अनुमान बराबरको खरिद सम्झौता गरी १२ लाख ७४ हजार ४ सय १० रुपैयाँ अनियमितता गरेको पाइएको हो।
त्यस्तै पालिकाको सूचना पार्टीमा समेत अनियमितता भएको देखिएको छ। आयोजनाको सूचना पाटी बापत रु १५०० देखि १० हजारसम्म लागत अनुमान गरी ठेक्का वा उपभोक्ता समिति दुवैलाई भुक्तानी गरेको देखिएको छ।
त्यस्तै पालिकाले इन्धन खर्चमा समेत मनलाग्दी खर्च गरेको पाइएको छ। पालिकाले सवारी साधन सुविधा पाउने पदाधिकारी तथा कर्मचारीहरूलाई इन्धन उपलब्ध गराउँदा तह अनुसार मासिक रुपमा पाउने डिजल पेट्रोल र त्रैमासिक रुपमा पाउने मोबिल तथा ब्रेक आइलको कोटा निर्धारण गरी भुक्तानी गर्नुपर्ने र कार्यालयले सोको लागत अत्यावधिक गराइराख्नुपर्ने प्रावधान रहेकोमा गाउँपालिकामा यो आर्थिक वर्षमा कार्यालयमा रहेका दुईवटा हलुका सवारी साधन र १६ वटा मोटरसाइकलमा इन्धन खर्च शीर्षकबाट ३५ लाख ४ हजार २ सय ६४ रुपैयाँ खर्च गरेको छ।
दुईवटा हलुका सवारी साधन रहेको र सवारी साधनको सुविधा पाउने पदाधिकारी दुईजना मात्र रहेको अवस्थामा पालिकाले यतिका धेरै रकम इन्धन बापत खर्च गरेको गरिएको हो । पालिकाले इन्धन बापतको खर्च सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली पिएमएसमा प्रविष्ट गर्नुपर्ने विवरण समेत प्रविष्ट नगरेको महालेखाको प्रतिवेदनले जनाएको छ।
यतिसम्म कि पालिकाले मनकामना मन्दिर मर्मत गर्दा समेत अनियमितता गरेको भेटिएको छ। सार्वजनिक खरिद नियमावली २०६४ मा सार्वजनिक निकायले रनिङ बिल वा अन्य कुनै बिल बिजकको भुक्तानी गर्दा प्राविधिक नावजाँच गरी नापी किताबमा उल्लेख गरेको वास्तविक कार्य सम्पादनको आधार मात्र भुक्तानी गर्नुपर्ने प्रावधान रहेकोमा पालिकाले यसो नगरी जलादेवी आधारभूत विद्यालय र मनकामना मन्दिर मर्मत गरेबापत मानिसबाट गराइएको कामलाई मेसिन को दर विश्लेषण गरी बढी दरमा भुक्तानी गरेको पाइएको छ ।
उक्त काम गर्दा बढी भुक्तानी गरिएको ३३ हजार २ लाख ३३ हजार ६१० असुल उपर गर्नुपर्ने महालेखा महालेखाको प्रतिवेदनले उल्लेख गरेको छ।
त्यस्तै पालिकाले एक आर्थिक वर्षमा सवारी साधन मर्मतमा मात्र १६ लाख ९९ हजार ७५२ रुपैयाँ खर्च गरेको छ । पालिकामा दुईवटा हलुका सवारी साधन र १६ वटा मोटरसाइकल रहेकोमा उक्त सवारीका साधन मर्मत शीर्षकमा त्यतिका धेरै रकम मर्मत खर्च गरेको हो। खर्च गरेबापत सवारी साधन सञ्चालन लगभग राख्नुपर्नेमा लगबुकको अभिलेख दुरुस्त हुनेगरी नराखेको महालेखाको प्रतिवेदनले उल्लेख गरेको छ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय


















प्रतिक्रिया