Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

हेटौंडा बजार क्षेत्र पुरै प्रदर्शनकारीको कब्जामा, जताततै ‘केपी चोर देश छोड’ को नारा


हेटौंडा बजार क्षेत्र पुरै प्रदर्शनकारीले कब्जा गरेका छन्।

ADVERTISEMENT

हजारौंको संख्यामा उपस्थित नागरिकले सरकार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्। प्रशासनले नसोचेको भिड जम्मा हुँदै गएपछि सुरक्षा चुनौती थपिएको छ ।

ADVERTISEMENT

अहिले हेटौंडाका सबै रोडमा प्रदर्शनकारीहरू भरिएका छन्। हातमा प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले प्रधानमन्त्री र कांग्रेसका सभापति विरुद्ध देश छोडको नारा लगाइरहेका छन् ।

‘केपी चोर देश छोड’,  ‘सिरे चोर देश छोड’ लगायतका नाराहरू लगातार लगाइरहेका छन्। हेटौंडामा प्रदर्शनकारी बढ्दै गएपछि सुरक्षा व्यवस्था थप बलियो बनाइएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका लगायतका अन्य सरकारी कार्यालयहरू अगाडि सुरक्षाकर्मीहरू बाक्लो रुपमा परिचालन गरिएको छ।


प्रकाशित मिति : मङ्लबार, २०८२ भदौ २४, ११ :३८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट