हेटौंडामा चर्कियो आन्दोलन, प्रहरी र प्रदर्शनकारी विच धकेलाधकेल
हेटौंडामा आन्दोलन चर्किएको छ ।
बिहानैदेखि सर्वसाधारणहरु प्रदर्शनमा उत्रिएका छन् । हेटौंडा-२ मानस चोकमा हजारौं सर्वसाधारण उपस्थित भएका छन् । प्रदर्शनकारीलाई प्रहरीले मानस चोकमा रोकेको छ तर उनीहरुलाई प्रहरीले रोक्न हम्मेहम्मे परेको छ ।
प्रहरी र प्रदर्शनकारी विच धकेलाधकल भएको छ । उनीहरु उपमहानगरपालिका तर्फ अघि बढेका छन् ।
एकोहोरो शंख बजाएर हेटौंडामा बिहानैबाट प्रदर्शन सुरु भएको हो ।
आ-आफ्नै ठाउँबाट स्वस्फुर्त ढंगले विरोध प्रदर्शनमा सहभागी हुन् युवाहरुले आव्हान गरेका छन् ।
जेनजीको हिजो भएको आन्दोलनमा सरकारले गरेको दमन र भ्रस्टाचारमा लिप्त भएको सरकारविरुद्ध आन्दोलन नरोक्ने युवाहरुले बताएका छन् ।
प्रकाशित मिति : मङ्लबार, २०८२ भदौ २४, ०९ :३६ बजे



















प्रतिक्रिया