Techie IT
Hetauda Khabar

जेनजी डर- हेटौंडा उपमहानगरपालिकाको कार्यालय प्रहरी घेरामा


जेनजीको त्रासले हेटौंडा उपमहानगरपालिकाको कार्यालयलाई प्रहरीको नियन्त्रममा राखिएको छ ।

देश भर जेनजी प्रदर्शन भैरहेका बेला हेटौंडा उपमहानगरपालिकाको कार्यालयलाई अहिले प्रहरीले घेरा हालेर बसेको छ । केहीबेर अघिसम्म उपमहानगरपालिकाको कार्यालय अगाडी जेनजी प्रदर्शनरत थिए । उपमहानगरपालिकाको कार्यालयमा नेपाल प्रहरी,ससस्त्र र नगरप्रहरीले घेरा हालेर बसेका छन् ।

देशभर अहिले जेनजीको प्रदर्शन भैरहेको छ भने काठमाडौंमा भएको प्रदर्शनमा यो समाचार तयार पार्दासम्म १५ जनाको निधन भैसकेको छ । देशका विभिन्न शहरहरुमा आज (नयाँ पुस्ता )जेनजीले एकैपटक आन्दोलन सुरु गरेका हुन् । प्रदेशमा प्रदेशसभा सचिवालय, मुख्यमन्त्री कार्यालय, स्थानीय सरकारको कार्यालय लगायतलाई निसाना बनाउंदै उनीहरु भ्रस्टाचार विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।

मकवानपुरमा प्रदर्शन शान्तिपूर्ण भएपनि जेनजीको त्रास यहाँका सरकारी कार्यालयहरुमा अझै देखिएको छ । देशभर प्रदर्शनकारीको मुख्य निसानामा परेका कार्यालयहरु वरिपरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट