जेनजीले घेरे संसद् भवन, प्रहरीसँग झडप
माइतीघरबाट निस्किएको जेनजी प्रदर्शनकारीको जुलुस बानेश्वरस्थित संसद भवन अगाडी पुगेको छ ।
प्रहरीको ब्यारिकेड तोड्दै जुलस अगाडि बढेपछि तनाव उत्पन्न भएको छ । संसद भवनतर्फ जाने प्रयास गरेका केही युवाहरुलाई प्रहरीले लाठी प्रहार गरेको छ ।
निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्याँस पनि प्रहार गरेको थियो । तर, त्यसलाई पनि छिचोल्दै उनीहरुले संसद् भवनसम्म पुगेका हुन् ।
प्रकाशित मिति : सोमवार, २०८२ भदौ २३, १२ :१२ बजे



















प्रतिक्रिया