Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

बानियाँले मागे राप्रपाको साथ, छलफल पछी निर्णय गर्ने राप्रपाको भनाई


प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नै दलबाट विश्वासको मतमा असहयोग पाउने निश्चित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको सहयोग मागेका छन्।

ADVERTISEMENT

४ बजे विश्वासको मत लिने समय तालिका रहे पनि हालसम्म पनि बहादुर पक्ष काठमाडौँबाट हेटौडा न आइपुगेपछि बानियाँले राप्रपाको साथ रोजेका छन् ।

ADVERTISEMENT

उनले आफूलाई विश्वासको मत दिनका लागि औपचारिक रुपमै सबै प्रतिपक्ष दललाई अनुरोध गरेका थिए। यद्यपि ४ बजेसम्ममा बहादुरको समूह हेटौडा आइपुग्ने र आफूलाई विश्वासको मत दिने आसमा रहेका बानिया, अब त्यो आस मारेर राप्रपाको सहयोग लिन अग्रसर भएका छन्। उनले राप्रपासँग छलफल गरेका छन्।

उता राप्रपाले पनि आफ्ना सांसदहरुलाई छलफलका लागि बोलाएको छ। राप्रपाका संसदीय दलका नेता उद्धव थापाले आफूहरू छलफल पछी निर्णयमा पुग्ने बताएका छन्। ‘मान्यज्यूहरूलाई बोलाएका छौं, आउँदै हुनुहुन्छ, हामी छलफल गर्छौं र के गर्ने भन्नेमा निचोड निकाल्छौं’, उनले भने ।

ADVERTISEMENT

थापाका अनुसार राप्रपाका केन्द्रीय शीर्ष नेताहरूसँग पनि कुराकानी भइरहेको छ। केन्द्रबाट आफू अनुकूल सहज हुनेगरी निर्णय लिन सुझाव आएको नेता थापाले जानकारी दिए ।

बानियाँलाई विस्वासको मतमा ५६ सांसद आवस्यक पर्दछ । प्रदेशसभामा राप्रपा संग १३ छन् । यदी राप्रपाले विश्वासको मत दियो भने मुख्यमन्त्री बानियाँको पद जोगिनेछ ।


प्रकाशित मिति : मङ्लबार, २०८२ साउन २७, १६ :२२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट