Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

संसदीयदलमा बाहादुर र बानियाँ कै भिडन्त पक्का


नेपाली कांग्रेस बागमती प्रदेश संसदीयदलको निर्वाचनमा हालका मुख्यमन्त्री बहादुर सिंह लामा र इन्द्र बहादुर बानियाँ बीच भिडन्त हुने भएको छ।

ADVERTISEMENT

मुख्यमन्त्री लामालाई अविश्वासको प्रस्ताव पेश गरेका बानियाँले आज मत विभाजन हुँदा उनले लामालाई पछि पार्दै २२ सांसदको साथ पाएर अविश्वासको प्रस्ताव पारित गराउन सफल भएका थिए।

ADVERTISEMENT

दलको नेतामाथि अविश्वासको प्रस्ताव पारित भइसकेपछि अब निर्वाचन प्रक्रियामा जाँदा हालका मुख्यमन्त्री लामा र बानियाँबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। लामा समूहबाट बहादुर सिंह लामा नै उम्मेदवार बन्ने उनी निकट स्रोतले जनाएको छ ।

अर्कोतर्फ बानियाँ समूहबाट बानियाँ नै उम्मेदवार रहनेछन्। संसदीय दलको निर्वाचन भोलि हुने कार्यतालिका रहेको छ। २०७९ पौष १३ गते संसदीय दलमा इन्द्रबहादुर बानियाँलाई हराउँदै लामा दलको नेतामा निर्वाचित बनेका थिए। पुनः भोलि लामा र बानियाँ बीच संसदीय दलमा भिडन्त हुने भएको छ ।

ADVERTISEMENT

यता संसदीय दलमा जे भएपनि मुख्यमन्त्री पद भने नछोड्ने लामाले अडान लिएर बसेका छन्। अर्कोतर्फ बानियाँले भने नैतिकताका आधारमा मार्ग प्रशस्त गर्न लामालाई सुझाएका छन्।


प्रकाशित मिति : मङ्लबार, २०८२ साउन १३, २२ :३७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट