Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

बागमतीमा बहादुर, बानियाँ युद्ध- ‘एमाले फण्डा’, अन्तिम कसरतमा मुख्यमन्त्री


बागमती सरकार फेर बदलमा पुनः नयाँ ट्विस्ट आउनेवाला छ। मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएपछि अचानक बागमती प्रदेश सरकार फेर बदलको चर्चा चुलिएको थियो । यसै बीच बहादुरलाई अविश्वासको प्रस्ताव पेश गरी पारित गराएर प्रदेश सभापति समेत रहेका इन्द्रबहादुर बानियाँ  मुख्यमन्त्री बन्ने कसरतमा जुटेका छन्।

ADVERTISEMENT

प्रदेशको बजेट विवाद पछि लगातार रातारात नयाँ नयाँ ट्विस्ट आउँदै बहादुर र बानियाँ बीच को बन्ने मुख्यमन्त्री भन्ने विषयमा आआफ्नो पल्लाभारी बनाउन दुबै कम्मर कसेर लागेका छन्। यहि मौकामा एमालेलाई चौका पर्ने सम्भावना बलियो बन्दै गएको छ ।

ADVERTISEMENT

२१ जना सांसदको हस्ताक्षर सहित बानियाँले बहादुरविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए। तर त्यस लगत्तै बहादुर काठमाडौँमा केन्द्रीय नेताहरू संग छलफल गरी जसरी पनि आफ्नो सत्ता टिकाउन ब्रह्मास्त्र प्रयोग गरिरहेका छन्। यस अघि संसदीय दलमा बहादुरलाई सहयोग गरेका प्रदेशका मन्त्रीहरूले नै बहादुर विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि रनभुल्लमा परेका लामा अहिले कुनै पनि हालतमा मिलाउन लागि परेका छन्। २ दिन सम्म लगातार सबै अस्त्र प्रयोग गरेका लामाअन्ततः आफ्नो सत्ता बचाउन कठिन देखिएपछी अन्तिम विकल्प रोज्न बाध्य बनिरहेका छन् । काठमान्डौमा शिर्ष नेताहरु यतिबेला छलफलमा रहेका छन् । कतैबाट पनि कुरा नमिलेपछी अब बागमतीको सरकार एमालेको भागमा पर्ने संकेत पनि देखिएको छ। तर बानियाँलाई मुख्यमन्त्री बन्न नदिनकै लागि एमाले फण्डा छलफलमा प्रवेस भएको बुझिएको छ यद्दपी एमालेलाई सहजै मुख्यमन्त्री दिने भन्ने विषयमा कांग्रेस नेताहरु राजी छैनन् ।

सरकार आफ्नो ढंगले अघि बढिरहेका बेला आफ्नै सांसदले दलका नेतालाई अविश्वासको प्रस्ताव अघि बढाएपछी रुष्ट बनेका नेता अन्ततः इन्द्र बहादुर बानियाँलाई मुख्यमन्त्रीमा जान नदिनको लागि मुख्यमन्त्री एमालेलाई दिने सम्मको कुरा छलफलमा चलेको स्रोतको दावी छ । स्रोतका अनुसार अन्य दलको समेत सहयोग लिएर बागमतीमा मुख्यमन्त्री एमालेलाई दिएर अन्य एक प्रदेशमा कांग्रेसको नेतृत्वको सरकार बनाउने गरि छलफल चलिरहेको छ । तर यो छलफलले निचोड भने निकाल्न नसकेको स्रोतको दावी छ ।

ADVERTISEMENT

त्यसो त नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुनै एक व्यक्तिको चाहानामा चलिरहेको सरकारलाइ बिथोल्ने गरी मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजानु गलत नजिर स्थापित हुनु भनि अन्तर्वार्ता दिएका थिए । अर्को तर्फ एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पनि परे सहयोग गर्ने प्रतिक्रिया दिएका थिए ।

उच्च स्रोतका अनुसार बानियाँलाई मुख्यमन्त्री बनाउनु भन्दा बरु एमालेलाई मुख्यमन्त्री बनाएर सरकारमा सहभागी हुनका लागि हालका मुख्यमन्त्री लामासमेत राजी हुने अवस्था सृजना भएको छ । तर बहादुर यो विकल्पलाई अन्तिम विकल्प बनाउंदै अझै आफ्ना सबै अस्त्र प्रयोग गर्न छोडेका छैनन् । अहिले मुख्यमन्त्री लामा पुनः कांग्रेस सभापति शेर बहादुर देउवालाई भेट्न जादैछन् । देउवाबाट ग्रिन सिग्नलको अपेक्षामा अझै रहेका बहादुर अन्तिम प्रयासमा छन् । यदि अन्तिम प्रयास पनि बहादुर असफल भए लामा यो युद्धमा हार्नेछन् ।

 


प्रकाशित मिति : आइतवार, २०८२ साउन ११, २१ :०७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट