Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

६ करोड लगानीमा हेटौंडामा ‘नेशनल स्टार होटल’


हेटौंडामा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ।

ADVERTISEMENT

६ करोडको लगानीमा हेटौंडा १० बसपार्कमा ‘नेशनल स्टार होटल’ खुलेको हो। ग्राहकलाई सुविधासम्पन्न र सर्वसुलभ मूल्यमा स्तरीय सेवा प्रदान गर्ने हिसाबले होटल सञ्चालनमा ल्याइएको सञ्चालक डाक्टर गोपीराम बन्जाराले बताए ।

ADVERTISEMENT

प्रदेश राजधानी भइरहँदा समेत हेटौंडामा स्तरीय होटलको कमी रहेकाले र हेटौंडामै सुपथ मूल्यमा स्तरीय सेवा दिने उद्देश्यका साथ आफूले होटल सञ्चालनमा ल्याएको उनले जानकारी दिए। होटलमा १६ वटा एसी तथा एसी नभएका कोठाहरू रहेका छन्।

‘हाम्रो उद्देश्य भनेको ग्राहकलाई स्तरीय सेवा दिनु नै हो, नाफा कमाउने उद्देश्य भन्दा पनि गुणस्तरीय सेवामा विशेष ध्यान दिनेछौँ उनले भने’, ।

ADVERTISEMENT

होटलको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री कुन्दनराज काफ्ले गरेका हुन् । उद्घाटनका क्रममा उनले आफू प्रदेश राजधानी हेटौंडा आउँदा कुनै कार्यक्रम भएका बेला स्तरीय होटल नभेटेकाले गाडीमै सुत्नु परेको घटना सुनाउँदै उनले होटलले विशेषगरी ग्राहकको सुविधालाई ध्यान दिएर अघि बढ्नुपर्ने बताए । उनले प्रदेश राजधानी हेटौंडामा सञ्चालित सम्पूर्ण होटल व्यवसायीलाई परेका समस्याका बारे प्रदेश सरकारले आवश्यक सहयोग गर्ने समेत बताए ।


प्रकाशित मिति : बुधबार, २०८२ बैशाख १७, २१ :१४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट